सोमबार, भाद्र २९ गते २०८३
images

जारी पेरिस ओलम्पिकमा आज प्रिन्सको अन्तिम खेल

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 232
    SHARES
  • जारी पेरिस ओलम्पिकमा आज प्रिन्सको अन्तिम खेल

    काठमाडौं । नेपाली ब्याडमिन्टन प्रिन्स दाहालले फ्रान्समा जारी पेरिस ओलम्पिकमा आज समूह चरणको अन्तिम खेल खेल्दैछन् ।

    images

    मेन्स सिंगल्सअन्तर्गत समूह पी मा रहेका प्रिन्सले इजरायलका मिसा जिल्बरम्यानसँग खेल्नेछन् । यसअघि समूहको दुवै खेलमा पराजित भएका प्रिन्सका लागि आजको खेलको महत्वपुर्ण हुनेछ ।

    प्रिन्स विश्व वरियताको १७२औं स्थानमा छ भने मिसा ५८औं स्थानमा छ । यसअघि प्रिन्स विश्वकप नम्बर दुई भिक्टोर एक्सेल्सन रएनहात गुएनसँग २(० ले पराजित भएका थिए ।

    images

    नेपालले पहिलो पटक ओलम्पिकमा ब्याडमिन्टनमा सहभागिता जनाएको हो ।

    पेरिस २०२४ मा नेपालबाट ७ खेलाडी सहभागी भएकोमा ५ खेलाडीको खेल सकिसकेको छ । पौडीका एलेक्जेन्डर शाहले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्नु बाहेक पाँचै खेलाडी पहिलो चरणबाटै बाहिरिए ।

    एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठको स्पर्धा बाँकी छ । सन्तोक्षीले अन्तिम दिन अगष्ट ११ मा महिला म्यारथनमा प्रतिस्पर्धा गर्नेछिन् ।