सोमबार, भाद्र २९ गते २०८३
images

जारी पेरिस ओलम्पिक-  प्रिन्स दाहाल अन्तिम खेलमा पनि पराजित

एक्सप्रेस पाना
श्रावण १६, २०८१ बुधबार
  • 251
    SHARES
  • जारी पेरिस ओलम्पिक-  प्रिन्स दाहाल  अन्तिम खेलमा  पनि पराजित

    काठमाडौं । नेपालका ब्याड्मिन्टन खेलाडी प्रिन्स दाहाल पेरिस ओलम्पिक–२०२४ को अन्तिम खेलमा पनि पराजित भएका छन् ।

    images

    बुधबार भएको समूह चरणको अन्तिम खेलमा प्रिन्स इजरायलका मिसा गिल्बरम्यानसँग सोझो सेटमा पराजित भएका हुन् । 

    प्रिन्सविरुद्ध गिल्बरम्यानले पहिलो सेट २१–१२ ले जितेका थिए । दोस्रो सेटमा पनि प्रिन्स २१–१० को स्कोरमा पराजित भए । योसँगै पेरिस ओलम्पिकमा प्रिन्सको पनि चुनौती समाप्त भएको छ । 

    images

    नेपालबाट टेबल टेनिसका स्यान्टु श्रेष्ठ, सुटिङकी सुस्मिता नेपाल, जुडोकी मनिता श्रेष्ठसँगै पौडीका एलेक्जेन्डर शाह र डुवाना लामाले प्रतियोगितामा चुनौती प्रस्तुत गरिसकेका हुन् । अब नेपालबाट एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले मात्र प्रतिस्पर्धा गर्न बाँकी छ ।