बिहीबार , कार्तिक २० गते २०८३
images
images

दुर्घटनामा परेका सौर्य एयरका पाइलट मनिषरत्न शाक्यलाई डिस्चार्ज गरिदै

एक्सप्रेस पाना
श्रावण १७, २०८१ बिहीबार
  • 339
    SHARES
  • दुर्घटनामा परेका सौर्य एयरका पाइलट मनिषरत्न शाक्यलाई डिस्चार्ज गरिदै

    काठमाडौं । दुर्घटनामा परेका सौर्य एयरका पाइलट मनिषरत्न शाक्य उपचारपछि डिस्चार्जको तयारीमा रहेका छन् । 

    images

    उनको स्वास्थ्य अवस्थामा सुधार आएपछि डिस्चार्जको तयारी गरिएको अस्पतालले जनाएको छ ।

    बिहीबार अस्पतालमा उनलाई भेट्न कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, र सांसदसमेत रहेका केएमसी अस्पतालका सञ्चालक सुनील शर्मालगायतको टोली पुगेको थियो । टोलीसँगै पत्रकारसँग कुरा गर्दै अस्पतालकी डाइरेक्टर डा. मीना थापाले घाइते शाक्यको अवस्थामा सुधार आइरहेकाले डिस्चार्जको तयारी भएको बताइन् ।

    images

    काठमाडौंबाट पोखरा उड्दै गरेको सौर्यको जहाज बुधबार काठमाडौं विमानस्थलमै दुर्घटनामा परेको थियो । 

     

  • सम्बन्धित विषय:

  • # सौर्य एयर
  • # पाइलट मनिषरत्न शाक्य