काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगको पहिलो खेलमा श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको छ ।
त्रिपुरेश्वरस्थित कभर्डहलमा बिहिबार भएको खेलमा नेपालले श्रीलंकालाई २५–१९, २५– १८ धर २५–१९ ले पराजित गरेको हो ।
जितसँगै नेपालले अंक तालिकामा ३ अंक जोडेको छ। लिग चरणको दोस्रो खेलमा नेपालले शनिबार भारतविरुद्ध खेल्नेछ।
आजै हुने दोस्रो खेलमा भारत र इरान भिड्नेछन्। सो खेल साँझ पौने ६ बजे सुरु हुनेछ।


