बिहीबार , कार्तिक २० गते २०८३
images
images

कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने

एक्सप्रेस पाना
श्रावण १८, २०८१ शुक्रबार
  • 316
    SHARES
  • कक्षा १२ को पुरक परीक्षा भदौ २५ र २६ गते हुने

    काठमाडौं । कक्षा १२ को नतिजामा दुई विषयमा नन्ग्रेडेड ल्याउने विद्यार्थीका लागि आगामी भदौ २५ र २६ गते पुरक परीक्षा हुने भएको छ । 

    images

    शुक्रबार बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकले पूरक परीक्षाको मिति तय गरेको हो।

    कक्षा १२ को बार्षिक परीक्षामा नियमित परीक्षार्थीका रुपमा सहभागी भई सैद्धान्तिक तर्फ अन्य सबै विषयमा डी वा सो भन्दा माथिल्लो ग्रेड प्राप्त गरी बढीमा कुनै दुई विषयमा नन्ग्रेडेड वा बढीमा दुई विषयमा अनुपस्थित रहेका परीक्षार्थीले पूरक परीक्षा दिन पाउँछन् । सार्वजनिक भएको नतिजा अनुसार एक लाख ८७ हजार २१ विद्यार्थी नन्ग्रेडेड भएका छन् ।

    images

    आजै सार्बजनिक कक्षा १२ को नतिजामा ५२ दशमलब ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमित तर्फ तीन लाख ९० हजार आठ सय ६८ मा दुई लाख तीन हजार आठ सय ४७ विद्यार्थी पास भएका बोर्डले जनाएको छ ।