आइतबार, भाद्र २८ गते २०८३
images

काभा महिला नेसन्स भलिबलमा श्रीलंकालाई हराउँदै इरानको पहिलो जित

एक्सप्रेस पाना
श्रावण १८, २०८१ शुक्रबार
  • 290
    SHARES
  • काभा महिला नेसन्स भलिबलमा श्रीलंकालाई हराउँदै इरानको पहिलो जित

    काठमाडौं । काभा महिला नेसन्स भलिबल लिगमा इरानले पहिलो जित निकालेको छ।

    images

    शुक्रबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा भएको खेलमा इरानले श्रीलंकामाथि ३–२ को जित निकालेको हो। 

    पहिलो सेट इरानले २५–२० र दोस्रो सेट २५–१२ ले जितेको थियो। तर, इरान तेस्रो सेटमा २२–२५ र चौथोमा १३–२५ ले श्रीलंकासँग हारेको थियो। पाँचौँ तथा निर्णायक सेटमा भने इरानले श्रीलंकामाथि १५–११ को जित निकालेको हो। जितसँगै इरानले दुई खेलबाट २ अंक जोडेको छ। नेपाल र इरानसँग पराजित श्रीलंकाको १ अंक छ।

    images

    इरान पहिलो खेलमा भारतसँग ३–१ को सेटमा पराजित भएको थियो।श्रीलंका भने पहिलो खेलमा घरेलु टिम नेपालसँग ३–० को सोझो सेटमा पराजित भएको थियो।