काठमाडौं । एसिया भलिबल एसोसिएसन (काभा) महिला भलिबल नेसन्स लिगमा शनिबार नेपाल र भारत भिड्दै छन् ।
खेल सवा ३ बजे बाट सुरु हुने छ । नेपालको यो दोस्रो खेल हो । भारत लगातार तेस्रो दिन कोर्टमा उत्रिन लागेको हो ।
शुक्रबार भारतले माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले पहिलो खेलमा श्रीलंकालाई २५-१९, २५-१८, २५-१९ ले हराएको थियो ।
यस नेसन्स लिगमा राउन्ड रोबिन लिग सहभागी ५ राष्ट्र प्रतिस्पर्धा गरेपछि शीर्ष चार टोली सेमिफाइनल पुग्ने प्रावधान छ ।


