सोमबार, भाद्र २९ गते २०८३
images

काभा महिला भलिबल नेसन्स लिगमा भारतमाथी नेपालको ऐतिहासिक जित

एक्सप्रेस पाना
श्रावण १९, २०८१ शनिबार
  • 396
    SHARES
  • काभा महिला भलिबल नेसन्स लिगमा भारतमाथी नेपालको ऐतिहासिक जित

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा भारतविरुद्ध जित निकाल्दै नेपालले ऐतिहासिक जित हासिल गरेको छ। 

    images

    शनिबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो खेलमा नेपालले ३–२ को सेटमा जित निकालेको हो। 

    नेपाली भलिबल इतिहासमा नेपालले पहिलो पटक भारतलाई हराएको हो। पाँचौ तथा अन्तिम सेट १५–१३ ले आफ्नो पक्षमा पार्दै नेपालले ऐतिहासिक जित निकालेको हो। 

    images

    चौथो सेट भारतले आफ्नो पक्षमा पारेपछि नेपाल र भारतले समान २ सेट जितेका छन्। भारतले चौथो सेट २५–१८ ले आफ्नो पक्षमा पार्यो। पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने २५–१२ ले गुमाउन पुग्यो। तेस्रो सेट नेपालले २५–१७ ले आफ्नो पक्षमा पार्दै खेलमा पुनरागमन गरेको थियो। तर चौथो सेट भने गुमाउन पुग्यो। पाँचौ सेट नेपालले आफ्नो पक्षमा पार्दै इतिहास रचेको हो। 

     

  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल नेसन्स