काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा आज नेपाल र इरान भिड्दैछन् ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुने खेल साँझ सवा ५ बजे सुरु हुनेछ ।
लिगमा अपराजित रहेको नेपाल सोही लयलाई निरन्तरता दिने उच्च लक्ष्यसहित मैदान उत्रनेछ । शनिबार भएको लिग चरणको आफ्नो दोस्रो खेलमा भारतमाथि ऐतिहासिक जित निकालेको नेपाली महिला टोली उच्च मनोबलमा छ ।
लिगमा २ खेलबाट ५ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । एक खेल बढी खेलेको इरान ५ अंकसहित तेस्रो स्थानमा छ भने समान ३ खेल खेलेको भारत ७ अंकमा तालिकाको शीर्ष स्थानमा छ ।
आजको पहिलोे खेलमा श्रीलंका र मालदिभ्स खेल्दैछन् । सो खेल दिउँसो ३ बजे हुनेछ । मालदिभ्स र श्रीलंका दुवै टोली पहिलो जितको खोजीमा छन् ।


