बिहीबार , कार्तिक २० गते २०८३
images
images

परराष्ट्रसचिव लम्साल सोमबार ओमान जादैँ

एक्सप्रेस पाना
श्रावण २०, २०८१ आइतबार
  • 304
    SHARES
  • परराष्ट्रसचिव लम्साल सोमबार ओमान जादैँ

    काठमाडौं । परराष्ट्रसचिव सेवा लम्साल सोमबार ओमान जाने भएकी छन् । 

    images

    नेपाल र ओमानबीच हुन गइरहेको द्विपक्षीय परामर्श समितिको पहिलो बैठकमा सहभागी हुन उनी नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ जान लागेकी हुन् ।

    नेपाल–ओमान द्विपक्षीय परामर्श समितिको बैठक यही साउन २३ गते ओमानको मस्कटमा हुँदैछ ।

    images

    ओमान भ्रमणमा क्रममा परराष्ट्रसचिव लम्साल मस्कटमा विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।