बिहीबार , कार्तिक २० गते २०८३
images
images

जावलाखेलमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो

एक्सप्रेस पाना
श्रावण २०, २०८१ आइतबार
  • 336
    SHARES
  • जावलाखेलमा देखाइयो रातो मत्स्येन्द्रनाथको भोटो

    काठमाडौं । वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो देखाइएको छ ।

    images

    आईतबार ललितपुरको जावलाखेलमा जात्राको अन्तिम दिन भोटो देखाइएको हो । मत्स्येन्द्रनाथको रथ जावलाखेल पुर्‍याइएको चौथो दिन भोटो देखाउने परम्पराअनुसार आईतबार राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाइएको हो ।

    voto-dekhauni-jatra-mk-7.jpg

    images

    भोटो जात्रा लिच्छवीकालदेखि मनाउने गरिएको विश्वास छ । कपडाको थैलीमा शिलबन्दी गरेर राखिएको मणिमणिक्य जडित भोटो अवलोकन गर्न जावलाखेलमा सर्वसाधारणको बाक्लो उपस्थिति रहेको थियो । गुठी संस्थानका प्रतिनिधिले भोटो देखाएका थिए । सो अवसरमा राष्ट्रपति पौडेलसहितका उच्च पदस्थ व्यक्तिहरुले टिका, प्रसाद ग्रहण गरेका थिए ।

    452331382_2184112941957992_2001606807615490241_n.jpg

    voto-dekhauni-jatra-mk-9.jpg

  • सम्बन्धित विषय:

  • # रातो मत्स्येन्द्रनाथको भोटो