एजेन्सी । फ्रेन्च लिग वान फुटबलमा पेरिस सेन्टर जर्मन पिएसजीले सिजनकै पहिलो हार व्यहोर्नुपरेको छ ।
आइतबार राति भएको खेलमा पाहुना टोली पिएसजी घरेलु टोली रेनेसँग २-० गोल अन्तरले पराजित भएको हो । जारी सिजनमा सानदार फम रहेको पिएजीको यो पहिलो हार हो गत साता मात्रा च्याम्पियन लिगमा इंग्लिस प्रिमियर लिग बिजेता म्यान्चेस्टर सिटिलाई हराएको पिएसजीले आफ्नो घरेलुु लिग वानमा पहिलो हार बेहोर्न बाध्य भएको छ ।
लगातार ८ खेल जितेको पिएसजीले सिजन आफ्नो जितको सिलसिला आघि बढाउन सकेन स्टार खेलाडी ले भरिएको पिएसजीले खेलमा आफ्नो पकड बनाए पनि गोल गर्न भने सकेन ।
खेलको ४६औं मिनेटमा फान्सेली खेलाडी गैतन ल्याम्बोडेले पहिलो गोल गर्दै आफ्नो टोलिलाई अग्रता दिलाएको थिए त्यसको दुई मिनेट बित्न नपाउदै अर्को फान्सेलो खेलाडी फ्लाभिन टृयटले गोल गर्दै अग्रतालाई दोब्बर बनाए र घरेलु टोलीको जित सुनिश्चित गरे ।
त्यस्तै खेल अवधिभर खेलमा फर्कन धेरै कोसिस गरेको थियो । दोस्रो हाफमा निकै आक्रमक खेलेको पिएसजीले गोल गर्ने थुप्रै मौका गुमाएको थियो । सिजनको पहिलो हार बेहोरेको पिएसजी लिग तालिकामा भने शीर्ष स्थानमानै कायम छ । उसको ९ खेलबाट ८ जित र एक हार सँगै २४ अंक रहेको छ । त्यस्तै ९ खेलबाट ३ जित ३ बराबर र ३ हार निकाल्दै रेनेस १२ अंकसहित नौं स्थानमा छ ।


