बिहीबार , कार्तिक २० गते २०८३
images
images

आज साउनको तेस्रो सोमबार,शिवालयहरुमा भक्तजनाहरुको भिड

एक्सप्रेस पाना
श्रावण २१, २०८१ सोमबार
  • 283
    SHARES
  • आज साउनको तेस्रो सोमबार,शिवालयहरुमा भक्तजनाहरुको भिड

    काठमाडौं । आज साउनको तेस्रो सोमबार ।

    images

    आज देशभरका शिवालयहरुमा भक्तजनाहरुको भिड लागेको छ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।
     
    शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताएपछि सकिन्छ । खाना बेलुकाको आरती सकिएपछि खाइन्छ । दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ । तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।

    सोमबारको उपवासले मानिसको इच्छा अनि आकंक्षा पूरा गर्ने विश्वास रहिआएको छ । त्यस्तै ज्ञान प्राप्ति हुन्छ । अविवाहित स्त्रीले असल पति पाउँ भनि सोमबार व्रत बस्ने चलन अझ बढी छ ।

    images