काठमाडौं । जारी काभा वुमन्स नेसन्स भलिबल लिग अन्तर्गत आज नेपालले माल्दिभ्ससँग खेल्दै छ ।
खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा साँझ ५ः १५ बजेदेखि शुरु हुनेछ ।
नेपालले जारी प्रतियोगितामा यस अघि खेलेका ३ खेलमा २ जित र एक हारसहित ६ अंक हासिल गरेको छ ।
त्यस्तै माल्दिभ्सले भने यस अघि खेलेका तिनै खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिइसकेको छ ।
त्यस्तै आज यो खेलअघि भारत र श्रीलंकाबीच पहिलो खेल हुदै छ । प्रतियोगिताको सेमिफाइनलमा आयोजक नेपालसहित भारत, इरान र श्रीलंका पुगिसकेका छन् भने आजका खेलले सेमिफाइनलको समीकरण तय गर्ने छ ।


