बिहीबार , कार्तिक २० गते २०८३
images
images

ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक

एक्सप्रेस पाना
श्रावण २२, २०८१ मंगलबार
  • 235
    SHARES
  • ईपीएसको दोस्रो चरणको नतिजा सार्वजनिक

    काठमाडौं । कोरियन भाषा परीक्षा (ईपीएस)को दोस्रो चरणको नतिजा सार्वजनिक भएको छ।

    images

    एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रका लागि वैशाख ३१ गतेदेखि साउन १६ गतेसम्म लिएको भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको हो।

    ६६ हजार ३२६ जनाले परीक्षा दिएकोमा ८ हजार ९६५ जना उर्तीर्ण भएका छन्। उनीहरुको सूची एचआरडी कोरियाले सोमबार वैदेशिक रोजगार विभाग अन्तर्गतको ईपीएस कोरिया शाखालाई पठाएको छ।

    images

    परीक्षाका लागि ७९ हजार ९३७ जनाले आवेदन दिएका थिए । दोस्रो चरणको परीक्षामा पास भएकाहरुको मात्र अन्तिम नामावलीमा प्रकाशित गरिनेछ । अब २०८१ को कात्तिक २६ गतेदेखि पुस २ गतेसम्म तेस्रो चरणको परीक्षा हुनेछ । यसअघि २०८० फागुन ७ गतेदेखि चैत २४ गतेसम्म पहिलो चरणको परीक्षा सञ्चालन गरिएको थियो । जसमा ४० हजार ५८० जनाले परीक्षा दिएकोमा ६ हजार ३२१ जना मात्रै उर्तिर्ण भएका थिए ।