काठमाडौं । काभा महिला भलिबल नेसन्स कपको सेमिफाइनलमा आज नेपालले इरानसँग खेल्दैछ ।
नेपाल लिगको उपविजेता बन्दै तेस्रो स्थानमा रहेको इरानसँग सेमिफाइनल खेल्न लागेको हो।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा हुने खेल साँझ सवा ५ बजेदेखि सुरु हुनेछ ।
नेपाल लिग चरणमा भारत, श्रीलंका र माल्दिभ्सलाई हराउँदै दोस्रो भयो । इरानसँग भने नेपाल ३–२ सेटले स्तब्ध भएको थियो । नेपाल अब उक्त हारको बदला सेमिफाइनलमा लिँदै फाइनलको यात्रा गर्ने योजनामा छ ।
आजै हुने पहिलो सेमिफाइनलमा भारत र श्रीलंका भिड्ने छन् । यी दुईबीचको खेल दिउँसो ३ बजेदेखि सुरु हुनेछ । भारत तालिकाको शीर्ष स्थानमा रहँदै सेमिफाइनल खेल्न लागेको हो । उसले लिग चरणमा नेपालसँग पहिलोपटक हार बेहो¥यो ।
भारतले इरान, श्रीलंका र माल्दिभ्सविरुद्ध भने जित निकालेको थियो । श्रीलंकाले लिग चरणमा माल्दिभ्सलाई मात्र हराउन सक्यो ।


