बिहीबार , कार्तिक २० गते २०८३
images
images

अविरल बर्षाका कारण नदी–खोलाहरुमा पानीको बहाव बढेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह

एक्सप्रेस पाना
श्रावण २२, २०८१ मंगलबार
  • 282
    SHARES
  • अविरल बर्षाका कारण नदी–खोलाहरुमा पानीको बहाव बढेकाले उच्च सतर्कता अपनाउन विभागको आग्रह

    काठमाडौं । सोमबार रातीदेखी परेको अविरल बर्षाका कारण काठमाडौं उपत्यकाका विभिन्न स्थान डुबानमा परेको छ ।

    images

    वर्षाका कारण उपत्यकाकानदी–खोलाहरुमा पानीको बहाव बढेको छ । बागमतीका सहायक नदीहरू बिष्णुमती, धोवीखोला, मनोहरा, हनुमन्ते, गोदावरी, खोड्कु,नख्खुलगायतमा जलसतह सतर्कता तहपार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागले पानीको बहाव बढ्दो क्रम रहेकाले तटीय क्षेत्रमा ४ बजे सम्म अति उच्च सतर्कता अपनाउन र नदी किनारको सडकबाट यात्रा नगर्न आग्रह गरेको छ । 

    images

    बल्खुस्थित तरकारी बजार र सुकुम्सीबा बस्तीमा पनि बाढी पसेको छ भने ललितपुरको च्यासलस्थित एमाले पार्टी कार्यालय र एन्फा फुटबल मैदानमा पनि बाढी छिरेको छ । झरी र डुबानका कारण उपत्यकाको सवारी आवागमन पनि अस्तव्यस्त बनेको छ ।