आइतबार, भाद्र २८ गते २०८३
images

काभा महिला भलिबल नेसन्समा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

एक्सप्रेस पाना
श्रावण २२, २०८१ मंगलबार
  • 274
    SHARES
  • काभा महिला भलिबल नेसन्समा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

    काठमाडौं । काभा महिला भलिबल नेसन्स लिगमा इरानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको छ । 

    images

    मंगलबार भएको सेमिफाइनलमा  ने‍पालले इरानविरुद्ध ३–० सेटमा जित निकाल्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । 

    त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् मा रहेको कभर्ड हलमा भएको सेमिफाइनलमा नेपालले पहिलो सेट २५–२१ र दोस्रो सेट २८–२६ ले जितेको थियो । अन्तिम सेट नेपालले २५–२० ले जितेको हो ।

    images

    फाइनलमा बुधबार नेपालले भारतसँग खेल्ने छ ।