बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,हल्कादेखि भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 224
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,हल्कादेखि भारी वर्षाको सम्भावना

    काठमाडौं । देशभर साधारणतया बदली रहँदा कोसी, मधेस, वाग्मती,  कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

    images

    गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको उत्तरतर्फ छ । न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा नेपालमा र दक्षिणतर्फ रहँदा भारतमा धेरै वर्षा हुन्छ । 

    जल तथा मौसम विज्ञान विभागका अनुुसार दिउँसो देशभर साधारणतया बदली रहनेछ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा मधेस प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम,भारी वर्षाको सम्भावना छ । 

    images

    सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा अति भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाउको छ । 

    काठमाडौं उपत्यकामा आज पनि वर्षा हुने मौसमविद्हरुले बताएका छन् । 

    विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    अति भारी वर्षाको समेत सम्भावना रहेकाले ती क्षेत्रमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयजस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न सचेत रहन विभागले आग्रह गरेको छ । 

    विभागले दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।