एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा शीर्ष टोली रियल मड्रिडले जारी सिजनको पहिलो हार व्यहोर्नुपरेको छ ।
आइतबार राति भएको खेलमा मड्रिड स्पानियोलसँग २-१ गोल अन्तरले पराजित भएको हो । १७औं मिनेटमा राउल डि थोमसले घरेलु टोली स्पानियोललाई अग्रता दिलाए । ६०औं मिनेटमा एलेक्सिस भिडालले गोल गर्दै स्पानियोलको अग्रता दोब्बर पारे ।
त्यसपछि खेलको ७१औं मिनेटमा करिम बेन्जेमाले रियाल मड्रिडलाई लयमा फर्काउने प्रयास गरेपनि त्यो पर्याप्त भने भएन ।
उक्त बराबरीसँगै रियाल मड्रिड १७ अंकका साथ ला लिगाको शीर्ष स्थानमा छ । एट्लेटिको मड्रिड समान १७ अंकका साथ दोस्रो स्थानमा छ ।
आइतबार राति नै भएका अन्य खेलमा ग्रानडाले १० खेलाडीमा सिमित सेभिल्लालाई १-०, भिल्लारियलले रियल बेटिसलाई २-०, इन्चेले सेल्टा भिगोलाई १-० ले पराजित गर्दा गेटाफे र रियल सोसिडाडले १-१ गोलको बराबरी खेले ।


