काठमाडौं । पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग नियमित सञ्चालनमा आएको छ ।
पृथ्वीराजमार्गअन्तर्गत इच्छाकामना गाउँपालिका–४ नाग्दीखोलामा बुधबारबिहान खसेको पहिरो पन्छ्याएर एकतर्फी सडक सञ्चालनमा आएको हो ।
चितवनको इच्छाकामना गाउँपालिका–४ नाग्दी खोलामा ढुङ्गासहितको पहिरो खस्दा बिहान ७ः४० बजेबाट राजमार्ग अवरुद्ध भएको थियो ।
सडकलाई दुबैतर्फ खुलाउने प्रयास भइरहेको र पहिरो पन्छाउने काम जारी रहेको नेपाल प्रहरीले जानकारी दिएको छ ।
.jpg)


