काठमाडौं । नुवाकोटको शिवपुरीमा हेलिकप्टर दुर्घटनामा परेको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो ।
पर्यटनमन्त्री बद्री पाण्डे केही समयअघि सिंहदबारबाट घटनास्थलतर्फ प्रस्थान गरेको बताइएको छ ।
नागरिक उड्ययन प्राधिकरणका अनुसार हेलिकप्टर क्याप्टेन अरुण मल्लले उडाएको जनाएको छ । चालकसहित कुल ५ जनाको शव फेला परेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण भने आउन बाकी रहेको छ ।
.jpg)


