आइतबार, भाद्र २८ गते २०८३
images

काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकालाई हराउँदै इरान तेस्रो

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 284
    SHARES
  • काभा महिला भलिबल नेसन्स लिगमा श्रीलंकालाई हराउँदै इरान तेस्रो

    काठमाडौं । जारी काभा महिला भलिबल नेसन्स लिगको तेस्रो स्थान इरानले हासिल गरेको छ । 

    images

    बुधबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् परिसरमा रहेको कभर्ड हलमा भएको तेस्रो स्थानको खेलमा इरानले  श्रीलंकालाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान हासिल गरेको हो । 

    खेलमा इरानले पहिलो सेट २५–२२ ले जितेको थियो । दोस्रो सेटमा श्रीलंकाले बलियो चुनौती प्रस्तुत गरे पनि जित निकाल्न भने सकेन । इरानले दोस्रो सेट २८–२६ ले जितेको हो । तेस्रो सेटमा २५–१७ को सहज जित निकालेपछि इरानले प्रतियोगिताको तेस्रो स्थान पक्का गरेको हो । 

    images

     

  • सम्बन्धित विषय:

  • # काभा महिला भलिबल नेसन्स