काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नुवाकोटमा आज एयर डाइनेष्टीको हेलिकोप्टर दुर्घटना भएको सम्बन्धमा दुःख व्यक्त गरेका छन् ।
प्रधानमन्त्री ओलीले १४ दिनपछि अर्का हवाइ दुर्घटना हुनु दुःखद् भएको बताए । दुर्घटनाका सम्बन्धमा केही बेरपछि मन्त्रिपरिषद्को आकरिस्मक बैठक बस्ने तयारी भएको छ ।
बुधबार काठमाडौँबाट रसुवाका लागि उडेको एयर डाइनेस्टीको ९ एन एजेडी हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनामा ५ जनाको मृत्यु भएको छ ।
.jpg)


