आइतबार, भाद्र २८ गते २०८३
images

काभा महिला भलिबल नेसन्सको उपाधि भारतलाई

एक्सप्रेस पाना
श्रावण २३, २०८१ बुधबार
  • 267
    SHARES
  • काभा महिला भलिबल नेसन्सको उपाधि भारतलाई

    काठमाडौं ।  काभा महिला भलिबल नेसन्स लिगको उपाधि भारतले जितेको छ ।

    images

    बुधबार त्रिपुरेश्वरस्थित कभर्ड हलमा भएको खेलमा नेपाललाई तीन, दुई सेटले पराजित गर्दै भारतले उपाधि जितेको हो ।

    खेलको पहिलो सेट नेपालले २५–२३ ले जितेको थियो भने दोस्रो सेट भारतले २५–१४ ले जित्यो ।

    images

    त्यस्तै तेस्रो सेट नेपालले २५–२२ अंकले आफ्नो पक्षमा पार्दा चौथो सेट भारतले २५–२१ ले जित्यो ।

    अन्तिममा पाँचौ सेट भारतले नेपाललाई १५–५ ले जितेको हो ।