काठमाडौं । कुशल प्रशासक एवं व्यवस्थापक स्व.हेमबहादुर मल्लको स्मृतिमा स्थापित ‘हेमबहादुर मल्ल सम्मान–२०७९’ कूटनीतिज्ञ डा.भेषबहादुर थापालाई प्रदान गरिएको छ ।
नेपाल जनप्रशासन संघद्वारा बुधबार आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान प्रदान गरेका हुन् । यो सम्मान सार्वजनिक वितरण क्षेत्रको अग्रणी संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले मल्लको स्मृतिमा स्थापना गरेको हो ।
संघका अनुसार पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै नेपालका राष्ट्रिय हितको लागि पुर्याएको योगदानको कदर स्वरूप डा. थापालाई सम्मान गरिएको हो ।
थापाले सम्मानपत्रसहित दुई लाख रुपैयाँको चेक पनि पाएका छन् ।
साथै डा.थापाले राष्ट्रिय योजना आयोगको सदस्य सचिव, अर्थ तथा योजना मन्त्रालयको सचिव, नेपाल राष्ट्र बैंकको गभर्नर, नेपाल सरकारको अर्थसचिव हुँदै अर्थमन्त्री एवं परराष्ट्र मन्त्रीको गहन जिम्मेवारी सम्हालेका थिए ।
.jpg)


