काठमाडौैं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले बुधबार भएको एयर डाइनेष्टिको ९ एन एजेडी कलसाइनको हेलिकप्टर दुर्घटना स्थलको स्थलगत निरीक्षण गरेका छन्।
बिहीबार बिहान नुवाकोटको शिवपुरी गाउँपालिका-७ सूर्यचौर पुगेर मन्त्री पाण्डेले घटनास्थलको निरीक्षण गरेका हुन्।
मन्त्री पाण्डेसँगै मन्त्रालयका सचिव, नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान०का पदाधिकारी, सुरक्षा निकायका प्रतिनिधि र नुवाकोट जिल्लाका प्रमुख जिल्ला अधिकारी लगायतले पनि घटनास्थलको निरीक्षण गरेका छन्।
बुधबार दिउँसो नुवाकोटमा एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटना हुँदा एक नेपाली पाइलट र चार चिनियाँ नगरिक गरी पाँच जनाको मृत्यु भएको थियो।
.jpg)


