बिहीबार , कार्तिक २० गते २०८३
images
images

सर्सर्ति हेर्दा खराब मौसममा बादलभित्र प्रवेश गर्दा दुर्घटना भएको देखिन्छ :महानिर्देशक अधिकारी

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 330
    SHARES
  • सर्सर्ति हेर्दा खराब मौसममा बादलभित्र प्रवेश गर्दा दुर्घटना भएको देखिन्छ :महानिर्देशक अधिकारी

    काठमाडौं । एयर डाइनेस्टीको हेलिकोप्टर बुधबार नुवाकोटमा दुर्घटना हुनुको कारणमा भीएफआर (भिजुअल फ्लाइट रुल्स)उल्लंघन रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले बताएका छन् ।

    images

    बिहिबार प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा महानिर्देशक अधिकारीले फ्लाइटले बादलभित्र प्रवेश गर्न नहुने र आँखाले देख्न नसकिने ठाउँमा प्रवेश गर्न नहुने नियम उलंघन गर्दा दुर्घटना भएको प्रारम्भिक रूपमा देखिएको बताएका हुन् ।


    विस्तृत विवरण मन्त्रिपरिषद्ले गठन गरेको छानबिन समितिले दिनेमा आफू विश्वस्त रहेको बताए ।

    images

    उनले भने,"यसको (हेलिकोप्टर दुर्घटना)रुट कज सर्सर्ती हेर्दाखेरी फेरि छानबिन आयोगले बताउला, ब्याड वेदरमा प्रवेश गरेको, बादलभित्र प्रवेश गरेको कारणले फर्किने क्रममा देब्रे घुम्दा दुर्घटना भएको जस्तो देखिन्छ । फ्लाइटिङ कमान्डले सिभिल एभिएसनको भिजुल फ्लाइट रुलअनुसार यसरी बादलभित्र छिर्नु अथवा आफूले नदेखेको ठाउँमा छिर्नु प्रतिबन्धित हो । यो कानुनले बर्जित गरेको विषय हो । रुट कज भनेको ब्रिज अफ द भिजुअल फ्लाइट रुल हो" ।

    नेपालमा डाँडाकाँडा भएकाले त्यहाँ अनुमानयोग्य मौसम नभएको पनि उनको भनाइ थियो ।