सोमबार, भाद्र २९ गते २०८३
images

काठमाडौं महानगरद्वारा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यहरु सम्मानित

एक्सप्रेस पाना
श्रावण २४, २०८१ बिहीबार
  • 273
    SHARES
  • काठमाडौं महानगरद्वारा महिला राष्ट्रिय भलिबल टोलीका सदस्यहरु सम्मानित

    काठमाडौं । काठमाडौं महानगरले नेपाली महिला राष्ट्रिय भलिबल टोलीका सदस्यलाई सम्मान गरेको छ ।

    images

    महानगरले टोलीका १४ जना खेलाडी र प्रशिक्षक जगदीश भट्टलाई जनही १-१ लाखसहित सम्मान गरेको हो । 

    यस्तै चारजना अफिसियललाई लाई जनही ५०/५० हजारसहित सम्मान गरेको छ । 

    images

    बुधवार दशरथ रंगशालामा  सम्पन्न काभा महिला भलिबलमा नेपाल उपविजेता बनेको थियो ।

    फाइनलमा नेपाल भारतसँग ३-२ ले पराजित भएको थियो । फाइनल हेर्न महानगरका मेयर बालेन्द्र शाह र उपमेयर सुनिता डंगोल पनि उपस्थित थिए ।