बिहीबार , कार्तिक २० गते २०८३
images
images

गायक प्रकाश तिमिल्सिनाको निधन

एक्सप्रेस पाना
श्रावण २७, २०८१ आइतबार
  • 250
    SHARES
  • गायक प्रकाश तिमिल्सिनाको निधन

    काठमाडौं । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।

    images

    तिमिल्सिनाको शनिबार साँझ निधन भएको हो । ललितपरको भैँसेपाटीमा बस्दै तिमिल्सिनालाई शनिबार साँझ करिब ६ बजेतिर ओछ्यानमा अचेत अवस्थामा फेला पारिएको थियो । 

    तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका थिए । ‘तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’, ‘तिम्रो हातको सिन्दुर’, जुन भन्दिन, ‘तिमीलाई देखेर आँखा त्यहीँ छोडी हिंडे म’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका दर्जनौँ गीतले उनलाई नेपाली संगीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित गराएको थियो ।

    images

    गायक तिमिल्सिनाको आज पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने तयारी गरिएको छ । त्यसअघि उनको शव आइतबार बिहान संगीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रृद्धान्जलीका लागि राखिनेछ ।

  • सम्बन्धित विषय:

  • # गायक प्रकाश तिमिल्सिना