काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान रोहितकुमार पौडेल आबद्ध टोरोन्टो नेसनल्सले ग्लोबल टी-२० लिग क्यानडाको उपाधि जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा टोरोन्टोले साबिक विजेता मोन्ट्रियल टाइगर्समाथि ८ विकेटको शानदार जित निकालेको हो ।
टस हारेर सुरुमा ब्याटिङ गरेको टाइगर्सले पूरै २० ओभर खेल्दा ९ विकेटको क्षतिमा ९६ रन बनाएको थियो । उसका लागि कोर्बिन बोशले सर्वाधिक ३५ रन बनाए । जसकरण सिंहले १६, अनुप रविले १० रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
जवाफी ब्याटिङ गरेको टोरोन्टोले दुई विकेटको क्षतिमा १५ ओभरमै ९७ रनको लक्ष्य भेट्टायो । उसका लागि एन्ड्रिज गौसले नटआउट अर्धशतक बनाए । ४९ बल खेलेका उाले ८ चौकाको मद्दतमा ५८ रन बनाउनु भयो भने रसिभ भान डरले नटआउट ३० रन जोजे । कप्तान कोलिन मुनरो शून्यमा आउट हुँदा उन्मुक्त चन्दले चार रन बनाए ।
ब्याटिङ अलराउण्डर रोहितले राम्रो ब्याटिङ गर्न नसके पनि उनको फिल्डिङको चर्चा लिगमा भइरहेको छ ।


