बिहीबार , कार्तिक २० गते २०८३
images
images

पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

एक्सप्रेस पाना
श्रावण २९, २०८१ मंगलबार
  • 327
    SHARES
  • पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण

    काठमाडौं । पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकोप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।

    images

    बाक्लो हुस्सु र पानी परेकाले धादिङको थाक्रे गाउँपालिका–५ मा कैलाश एयरको हेलिकप्टर आपत्कालीन अवतरण गरिएको हो । 

    जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जनाएको छ  ।

    images

    बिरामीलाई एम्बुलेन्समार्फत् काठमाडौं ल्याउने तयारी भइरहेको छ ।