बिहीबार , कार्तिक २० गते २०८३
images
images

पूर्वप्रधानमन्त्री दाहालसँग अष्ट्रेलियाली राजदूत भोल्कको बिदाइ भेट

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 255
    SHARES
  • पूर्वप्रधानमन्त्री दाहालसँग अष्ट्रेलियाली राजदूत भोल्कको बिदाइ भेट

    काठमाडौं । नेपालका लागि अष्ट्रेलियाका राजदूत फेलिसिटी भोल्कले नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँग बिदाइ भेट गरेकी छिन् ।

    images

    बुधबार खुमटारस्थित अध्यक्ष दाहालको निवासमा भोल्कले बिदाइ भेट गरेकी हुन् ।

    भेटमा  राजदूत भोल्कले नेपालको सङ्क्रमणकालीन न्यायका साथै शान्ति प्रक्रियाका बाँकी काम सहमतिमा टुङ्ग्याउन लागेकामा बधाई ज्ञापन गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ ।

    images

    पूर्वप्रधानमन्त्री दाहालले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई सुदृढ बनाउन राजदूत भोल्कले निर्वाह गरेको भूमिकाको प्रशंसा गरे ।  

  • सम्बन्धित विषय:

  • # पूर्वप्रधानमन्त्री दाहाल
  • # अष्ट्रेलियाली राजदूत