बिहीबार , कार्तिक २० गते २०८३
images
images

संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

एक्सप्रेस पाना
श्रावण ३०, २०८१ बुधबार
  • 310
    SHARES
  • संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित

    काठमाडौं । संक्रमणकालीन न्यायसम्बन्धी टीआरसी विधेयक प्रतिनिधिसभाबाट पारित भएको छ ।

    images

    बुधबार कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरसियाले प्रस्तुत गरेको ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक’लाई सभाले पारित भएको हो ।

    प्रतिनिधि सभाबाट पारित भएको विधेयक राष्ट्रिय सभामा जान्छ । राष्ट्रिय सभाबाट पारित भएर पुनः प्रतिनिधि सभामा आउँछ र सभामुखबाट प्रमणित भएर प्रमणीकरणका लागि राष्ट्रपतिकहाँ पुग्छ । राष्ट्रपतिले प्रमणीकरण गरेपछि कानून बन्नेछ ।

    images

    सरकारले २५ फागुन २०७९ मा यो विधेयक प्रतिनिधिसभामा दर्ता गरेको थियो । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार कानुन समितिले विधेयक पास गर्नुअघि मुख्य विवादित विषयमा प्रमुख तीन राजनीतिक दल कांग्रेस, एमाले र माओवादीका शीर्ष नेताहरुले विवादित विषयमा सहमति जुटाएका थिए ।

  • सम्बन्धित विषय:

  • # टीआरसी विधेयक