बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर साधारणतया बदली,हल्कादेखि मध्यम वर्षाको सम्भावना

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 193
    SHARES
  • देशभर साधारणतया बदली,हल्कादेखि मध्यम वर्षाको सम्भावना

    काठमाडौं । देशभर मनसुनि वायुको प्रभाव रहि आएको छ । जसकोकारण देशका केही भू–भागमा गएरातिदेखि नै वर्षा भइरहेको छ । 

    images

    आज दिउँसोभन्दा राति ठूलो वर्षाको सम्भावना छ । दिउँसो हल्कादेखि मध्यम वर्षा हुँदा राति भारी वर्षा हुनेछ जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

    वाग्मती र सुदूरपश्चिम प्रदेशका थोरै  स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ भने दिउँसो देशभर साधारणतया बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    images

    विभागका अनुसार दिउँसोभन्दा राति ठूलो वर्षा हुनेछ । सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।