बिहीबार , कार्तिक २० गते २०८३
images
images

उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ६१ वर्षको उमेरमा निधन

एक्सप्रेस पाना
श्रावण ३१, २०८१ बिहीबार
  • 233
    SHARES
  • उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको ६१ वर्षको उमेरमा निधन

    काठमाडौं । उच्च अदालत पाटनका न्यायाधीश रामेश्वर रेग्मीको मस्तिष्कको क्यान्सरबाट ६१ वर्षको उमेरमा निधन भएको छ ।

    images

    ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पतालमा उपचारका क्रममा बुधबार राति उनको निधन भएको उच्च अदालत पाटनका सूचना अधिकारी अर्जुन आचार्यले जानकारी दिए । न्यायाधीश रेग्मीलाई मस्तिष्कको क्यान्सर भएको थियो ।

    न्यायाधीश रेग्मीको असामयिक निधन भएकामा शोक व्यक्त गर्दै उच्च अदालत पाटनका आजका निम्ति निर्धारित सबै कामकारबाही स्थगन भएका छन् ।

    images

     

  • सम्बन्धित विषय:

  • # रामेश्वर रेग्मी
  • # उच्च अदालत पाटन