शुक्रबार, भाद्र २६ गते २०८३
images

घरेलु मैदानमा बायर्नलाई सिजनको पहिलो हार 

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 293
    SHARES
  • घरेलु मैदानमा बायर्नलाई सिजनको पहिलो हार 

    असोज १८ काठमाडौं । जर्मन बुन्डेसलिगामा शीर्ष स्थानको बायर्न म्युनिखले सिजनको पहिलो हार ब्यहोरेको छ । 

    images

    आइतबार राति भएकाे खेलमा सुरुवाती अग्रता जोगाउन नसक्दा घरेलु टोली बायर्न फ्रान्कफुर्टसँग २-१ गोल अन्तरले स्तब्ध भएको हो ।

    भ्रमणमा रहेकाे टोली फ्रान्कफुर्टको जितमा मार्टिन हिनटेरेगेर र फिलिप कोस्टिकले १/१ गोल गरे । बायर्नका लियोन गोरेट्जकाले सान्त्वना गोल गरे । 

    images

    हारका बाबजुद बायर्न ७ खेलबाट १६ अंकसहित शीर्ष स्थानमा छ । १६ अंक नै रहेपनि बायर लिभरकुसन गोलअन्तरमा दोस्रो स्थानमा छ । फ्रान्कफुर्ट ८ अंक जोडेर १३औँ स्थानमा छ ।