बिहीबार , कार्तिक २० गते २०८३
images
images

अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँमा

एक्सप्रेस पाना
श्रावण ३२, २०८१ शुक्रबार
  • 227
    SHARES
  • अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँमा

    काठमाडौं । अमेरिकी उप–विदेशमन्त्री रिचार्ड वर्मा काठमाडौँ आइपुगेका छन् ।

    images

    व्यवस्थापन तथा श्रोतसम्बन्धी उप–विदेशमन्त्री रिचार्डले आफ्नो नेपाल भ्रमणको क्रममा नेपाल सरकारका उच्च नेतृत्व, युएसएआइडी नेपालका कार्यक्रम कार्यान्वयन साझेदारहरू, चिया विज्ञहरू तथा नेपाली व्यवसायीहरूसँग भेटघाट गर्ने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ ।

    आज दिन भर भेटघाट गर्ने र भोली बिहानै भारत जाने कार्यक्रम रहेको छ । उनी भारतका लागि पूर्व अमेरिकी राजदूत पनि हुन् । उनले आजै प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ ।

    images

    भ्रमणमा उनका साथमा अमेरिकी राष्ट्रपतिका अन्तर्राष्ट्रिय जलवायु नीतिका वरिष्ठ सल्लाहकार जोन पोडस्टा र अमेरिकी ऊर्जा विभागका उपसचिव डेभिड टर्क रहेको बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # रिचार्ड वर्मा