बिहीबार , कार्तिक २० गते २०८३
images
images

भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालनमा

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 217
    SHARES
  • भक्तपुर क्यान्सर अस्पतालको नयाँ हस्पिटल एप सञ्चालनमा

    काठमाडौं । मिदाससँगको सहकार्यमा भक्तपुर क्यान्सर अस्पतालले भर्खरै आफ्नो नयाँ हस्पिटल मोबाइल एप सञ्चालनमा ल्याएको छ ।

    images

    यो एप मार्फत बिरामीहरूले  भक्तपुर क्यान्सर अस्पतालका सेवाहरू लिन  सजिलै र सहज रूपमा अनलाइन अपोइन्टमेन्ट बुकिङ गर्न सक्छन् । 

    यस एपमा नेपाल सरकार स्वास्थ्य बिमा बोर्डले उपलब्ध गराएको स्वास्थ्य बिमा भएका प्रयोगकर्ताहरूले निःशुल्क अस्पतालको टिकट बुक गर्नका लागि आफ्नो बिमा जानकारी प्रविष्ट गरी प्रमाणीकरण गर्न सक्ने व्यवस्था पनि छ।

    images

    मिदास हेल्थ सर्भिसेजले विभिन्न अस्पतालका ओपिडी सेवाका लागि डाइनामिक क्युआर भुक्तानीको विकास पनि गरेको छ । साथसाथै बिरामीहरूलाई उनीहरूको घरबाटै आरामले अनलाइन मेडिकल अपोइन्टमेन्टहरू लिन सहज  बनाएर अस्पतालहरूका सेवाहरूलाई निकै सहज बनाएको छ । 

    यसले अस्पतालहरूसम्म पुगेर लामो लाइनमा बस्नु पर्ने झन्झट कम गराएको छ भने भिडभाड कम हुँदा अस्पतालको सेवालाई गुणस्तरीय पनि बनाउन सहयोग पुगेको छ । 

    मिदासले विकास गरेको हस्पिटल एप मार्फत बिरामीहरूले ओपिडी टिकटहरू बुकिङ र किन्ने सँगसँगै   घरबाटै आरामले  मेडिकल अपोइन्टमेन्टहरू  लिने तथा प्रयोगशाला रिपोर्टहरू प्राप्त गर्न सकिने व्यवस्था पनि छ । सरकारी स्वास्थ्य बिमा कभरेज भएका व्यक्तिहरूलाई निःशुल्क टिकट बुक गर्ने सुविधा र अस्पतालको सेवालाई थप पहुँचयोग्य र सुलभ बनाएको छ ।

  • सम्बन्धित विषय:

  • # भक्तपुर क्यान्सर अस्पताल