बिहीबार , कार्तिक २० गते २०८३
images
images

जुवातास खेलिरहेको अवस्थामा ९ जना कपनबाट पक्राउ

एक्सप्रेस पाना
भाद्र २, २०८१ आइतबार
  • 235
    SHARES
  • जुवातास खेलिरहेको अवस्थामा ९ जना कपनबाट पक्राउ

    काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । 

    images

    काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका १ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ घर भएका ४१ वर्षीय बद्री पौडेल समेत ९ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

    प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार ७ सय २५ रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

    images

  • सम्बन्धित विषय:

  • # जुवातास