शुक्रबार, भाद्र २६ गते २०८३
images

एभरेष्ट प्रिमियर लिग : भैरहवाले चखायो चितवनलाई पहिलो हारको स्वाद

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 236
    SHARES
  • एभरेष्ट प्रिमियर लिग : भैरहवाले चखायो चितवनलाई पहिलो हारको स्वाद

    असोज १८ काठमाडौं । काठमाडौंमा जारी चौथौ संस्करणको एभरेष्ट प्रिमियर लिग (इपीएल) टि–२० क्रिकेटमा दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान सुरक्षित गरेको छ । 

    images

    सोमबार त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा भएको दिनको पहिलो खेलमा भैरहवाले शीर्ष स्थानको चितवन टाईगर्सलाई  ६ विकेटले पराजित गरेको हो । 

    १६४ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा आएको भैरहवाले १७.५ ओभरमा ४ विकेट गुमाउँदै १६५ रन बनाएको हो । भैरहवाको जितमा विकेट किपर तथा ओपनिङ ब्याटर प्रदीप ऐरीले सर्वाधिक ७२ रन बनाए । यस्तै, तमीम इक्वालले ४०, उपुल थरङ्गाले ३९ रन बनाए । 

    images

    यता, चितवनको लागि करिम जन्नतले सर्वाधिक २ विकेट लिए । यस्तै सागर ढकाल र भीम सार्कीले समान १ विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६४ रन बनायो । 

    चितवनको लागि करिम जन्नतले सर्वाधिक ३५ रनको योगदान गरे । यस्तै, मोहम्मद सहजादले ३२, सिकुगे प्रसन्नाले २४, भीम सार्की १६, राजेश पुलामी १४ र दिलीप नाथले १३ रन बनाए । 

    भैरहवाका अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए । यस्तै, कुशल मल्लले २ विकेट लिँदा कृष्ण कार्की, दुर्गेश गुप्ता र धम्मिका प्रसादले समान १–१ विकेट लिए । 

    जारी इपीएलमा चितवन पहिलो पटक पराजित भएको हो । यसका बाबजुद पनि चितवन यसअघि नै प्लेअफमा पुगिसकेको छ । यस्तै भैरहवा र पोखरा राईनोज पनि प्लेअफमा पुगिसकेका छन् । 

    अब, प्लेअफमा पुग्न एक टोलीको टुंगो लाग्न बाँकी छ । काठमाडौंले बाँकी एक खेल जिते स्वतः प्लेअफ पुग्नेछ । यदि दुवै खेलमा काठमाडौं पराजित भए ललितपुर प्याट्रियट्स प्लेअफमा स्थान बनाउनेछ । 

    जारी इपीएलमा ५ खेल खेलेको चितवनको ८ अंक छ । समान ४ खेलबाट भैरहवाको ६ अंक रहँदा पोखरा राईनोजको ४ खेलबाट ५ अंकसहित तेस्रो स्थानमा छ । 

    ५ खेलबाट ३ अंक बनाएको ललितपुर चौथो स्थानमा रहँदा ३ खेल खेलेको काठमाडौं २ अंकसहित पाँचौँ तथा ५ खेल खेलको विराटनगर २ अंकसहित तालिकाको पुछारमा छ ।