काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ।
उपचारका क्रममा बिहीबार बिहान पाटन अस्पतालमा विपिनकी आमा सरस्वतीको निधन भएको हो ।
७२ वर्षिया सरस्वती विभिन्न दीर्घरोगबाट पीडित थिइन्। उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्नेदेखि मस्तिष्कमा समस्या देखिएको थियो।
ाएको परिवार स्रोतले जनाएको छ। बिपिन आमाको पार्थिव शरिरको आज पशुपतिमा अन्येष्टि गरिँदैछ।


