सोमबार, भाद्र २९ गते २०८३
images

बंगलादेशलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा

एक्सप्रेस पाना
भाद्र ६, २०८१ बिहीबार
  • 219
    SHARES
  • बंगलादेशलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा

    काठमाडौं । समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध २–१ को जित निकाल्दै नेपाल समूह ‘ए’ को विजेता बन्दै साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ । 

    images

    बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा भएको खेलमा नेपाललाई जित दिलाउन समीर तामाङ र निराजन धामीले गोल गरे । यस्तै, बंगलादेशका मिराइजुल इस्लामले एक गोल गरे । 

    खेलको तीन गोल नै पहिलो हाफमा भएको थियो । खेलको १७औँ मिनेटमा तेस्रो सेकेन्डमा नेपालका समीरले गोल गर्दै घरेलु टिमलाई अग्रता दिलाएका थिए । बंगलादेशको कर्नरलाई नेपाली रक्षकले क्लियर गरेको बललाई बंगलादेशी गोलकिपरबाट खोस्दै समीरले खाली पोस्टमा बललाई जाली चुमाए । 

    images

    नेपालले अब फाइनल प्रवेशका लागि समूह ‘बी’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

    यसअघि समूह चरणको पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले हराएको थियो । बंगलादेशले पनि श्रीलंकाविरुद्ध २–० को जित निकालेपछि सेमिफाइनलमा स्थान पक्का गरेको हो । भदौ २ गतेदेखि सुरु भएको प्रतियोगितामा कुल ६ टिमको सहभागिता छ ।

  • सम्बन्धित विषय:

  • # साफ यू–२० च्याम्पियनसिप