शुक्रबार, भाद्र २६ गते २०८३
images

काठमाडौंले दियो पोखरालाई बलियो लक्ष्य 

एक्सप्रेस पाना
आश्विन १८, २०७८ सोमबार
  • 244
    SHARES
  • काठमाडौंले दियो पोखरालाई बलियो लक्ष्य 

    असोज १८ काठमाडौं । काठमाडौं किंग्स(११ ले एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा पोखरा राइनोजलाई १८३ को लक्ष्य प्रस्तुत गरेको छ । 

    images

    कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८२ रन बनाएको हो । 

    काठमाडौंको सम्मानजनक योगफलमा अमित श्रेष्ठ र रायन बर्लले अर्धशतकीय इनिङ्स खेले । अमितले सर्वाधिक ५६ रन बनाए । ४१ बल खेलेका अमितले ६ चौका र २ छक्का प्रहार गरे । यस्तै रायनले ५० रन बनाए । ४३ बल खेलको रायनले २ चौका र ३ छक्का हिर्काए । कप्तान सन्दीप लामिछानेले ३१ र रहमानुल्लाह गुर्बाजले १२ रन बनाए । 

    images

    टस जितेर  बलिङ गर्ने गरेको पोखराका लागि विवेक यादवले सर्वाधिक ३ विकेट लिए । यस्तै विक्रम सोब, नन्दन यादव, किशोर महतो र साहन अराच्चिगले समान १/१ विकेट लिए ।