बिहीबार , कार्तिक २० गते २०८३
images
images

मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला,उद्धार कार्य जारी

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 246
    SHARES
  • मर्स्याङ्दी नदीमा खसेको बसबाट १४ जनाको शव फेला,उद्धार कार्य जारी

    काठमाडौं ।  तनहुँको आँबुखैरेनीस्थित ऐना पहाराबाट मर्स्याङ्दी नदीमा भारतीय बस खस्दा १४ जनाको मृत्यु भएको छ ।

    images

    दिउँसो १ बजेसम्म १४ जनाको शव घटनास्थलबाट बाहिर निकालिएको सशस्त्र प्रहरीले जनाएको छ। 

    घटनास्थलबाट १६ जना घाइतेको उद्धार गरिएको छ । शुक्रबार बिहान पोखराबाट काठमाडौंका लागि छुटेको यूपी ५३ एफटी ७६२३ नम्बरको बस तनहुँको ऐनापहरा भन्ने स्थानबाट मर्स्याङ्दी नदीमा खसेको हो । प्रहरीका अनुसार बसमा चालक, सहचालकसहित  ४३ जना थिए ।

    images