बिहीबार , कार्तिक २० गते २०८३
images
images

मर्स्याङ्दी नदीमा बस दुर्घटना :२७ जनाको मृत्यु,१६ जना घाइतेलाई ल्याइयो काठमाडौं

एक्सप्रेस पाना
भाद्र ७, २०८१ शुक्रबार
  • 222
    SHARES
  • मर्स्याङ्दी नदीमा बस दुर्घटना :२७ जनाको मृत्यु,१६ जना घाइतेलाई ल्याइयो काठमाडौं

    काठमाडौं । तनुहँको आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा खसेको भारतीय बस दुर्घटनामा परेर २७ जनाको ज्यान गएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार, आँबुखैरेनी अस्पतालले २३ जनाको मृत्यु भएको पुष्टि गरेको छ। 

    images

    अरु तीन जनाको शव घटनास्थलबाट आँबुखैरेनी अस्पतालतर्फ लगिँदैछ। उनीहरुको शव बसमुनिबाट निकालिएको हो। एक जना घाइतेको चितवन मेडिकल कलेजमा उपचारका क्रममा ज्यान गएको छ। 

    बाँकी १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत त्रिवि शिक्षण अस्पताल ल्याइएको छ। उनीहरुको उपचार भइरहेको छ। बसमा ४३ जना रहेकोमा ४३ जनाकै अवस्था पत्ता लागिसकेको प्रहरीले जानकारी दिएको छ। बसमा ४१ यात्रुसहित चालक र सहचालक गरी ४३ जना सवार थिए।

    images