आइतबार, भाद्र २८ गते २०८३
images

साफ यू–२० च्याम्पियनसिप:सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै

एक्सप्रेस पाना
भाद्र ९, २०८१ आइतबार
  • 240
    SHARES
  • साफ यू–२० च्याम्पियनसिप:सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै

    काठमाडौं । काठमाडौँमा जारी साफ यू–२० च्याम्पियनसिपको सेमिफाइनलका खेल आजदेखि शुरु हुदैछन् ।

    images

    सेमिफाइनलको पहिलो खेलमा आज नेपालले भुटानको सामना गर्दै छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने यो खेल अपराहन्न ३ बजेदेखि शुरु हुनेछ ।

    नेपालले समुह चरणमा श्रीलंकालाई १–० ले बंगलादेशलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । 

    images

    त्यस्तै भुटान भने समुह बी मा उपविजेता भन्दै सेमिफाइनलमा खेल्दै छ । भुटानले माल्दिभ्सलाई २–१ ले पराजित गरेको थियो भने भारतसँग १–० ले पराजित भएको थियो ।   

    त्यस्तै दोस्रो सेमिफाइनल खेल भारत र बंगलादेशबीच सोमबार हुने छ । प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

  • सम्बन्धित विषय:

  • # साफ यू–२० च्याम्पियनसिप