काठमाडौं । रामेछापको दोरम्बा शैलुङ गाउँपालिका–३ मा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या ६ पुगेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार एकजना घाइते छन् भने केही अझै बेपत्ता छन् ।
पहिरोमा परी ३० वर्षीया चण्डीका श्रेष्ठ र उनका १८ महिनाका छोरा आयुष, ५७ वर्षीया उर्मिला पहरी, ३० वर्षीय सन्दीप पहरी, ११ वर्षीय सन्तोष पहरी र १४ वर्षीय विज्ञान पहरीको मृत्यु भएको हो ।
शनिबार राति वर्षापछि आएको पहिरोले चार घरमा क्षति गरेको छ । तीन घर पूर्ण रुपमा क्षति भएको छ भने एक घरमा आंशिक क्षति पुगेको प्रहरी जनाएको छ ।
.jpg)


