बिहीबार , कार्तिक २० गते २०८३
images
images

देशभर मनसुनी वायुको प्रभाव,वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

एक्सप्रेस पाना
भाद्र ११, २०८१ मंगलबार
  • 214
    SHARES
  • देशभर मनसुनी वायुको प्रभाव,वाग्मतीसहित तीनवटा प्रदेशमा भारी वर्षाको सम्भावना

    काठमाडौं । देशभर आंशिकदेखि साधारणतया बदली हुँदा आज बिहान कोसी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

    images

    हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपासमा रहेको छ । 

    जल तथा मौसम विज्ञान विवभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ भने कोसी, वाग्मती र लुम्बिनी प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । 

    images

    कोसी, वाग्मती र लुम्बिनी प्रदेशको एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।