बिहीबार , कार्तिक २० गते २०८३
images
images

परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

एक्सप्रेस पाना
भाद्र ११, २०८१ मंगलबार
  • 211
    SHARES
  • परराष्ट्रमन्त्री राणा र ओमानका विदेशमन्त्रीबिच द्विपक्षीय भेटवार्ता

    काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवा र ओमानका विदेशमन्त्री सैय्यद बद्र अल्बुसैदीबिच द्विपक्षीय भेटवार्ता भएको छ।

    images

    मंगलबार भएको भेटवार्तामा नेपाल र ओमानको द्विपक्षीय हित, सम्बन्ध विस्तार र साझा चासोका विविध विषयमा कुराकानी भएको बताइएको छ । 

    भेटमा नेपालले हवाई कनेक्टिभिटी, श्रमसमबन्धी विषयहरू, लगानी, पर्यटन, कूटनीतिक आदानप्रदान एवं आवश्यक सबै प्रकारका सहयोग र समन्वयका विषयमा छलफल भएको थियो।

    images

    त्यसैगरी वार्तामा मन्त्री राणाले नेपालमा जलविद्युत लगायतका कैयौं क्षेत्रमा लगानीका धेरै सम्भावना रहेकाले नेपालमा लगानीका लागि पनि विदेशमन्त्री मार्फत् ओमान सरकार त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी थिइन्।